प्रदेश
सिमलताल घटना : दुवै बसमा चलान गरिएका भन्दा १५ यात्रु बढी, ५८ जना अझै बेपत्ता
३० असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । […]
पूरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्डमा ढुंगाले लागेर बस चालकको मृत्यु
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । ढुंगा लागेर गम्भीर घाइते भएका चालक […]
पूरा पढ्नुहोस्प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि नेपाली […]
पूरा पढ्नुहोस्
रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् […]
पूरा पढ्नुहोस्
रिलायन्स स्पिनिङको बुक बिल्डिङ आइपीओबारे धितोपत्र बोर्डलाई लेखा समितिले सोध्यो स्पष्टीकरण
काठमाडौं : रिलायन्स स्पिनिङको आइपीओबारे नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको हो । समीतिले धितोपत्र बोर्डसँग ५ प्रश्नको जवाफ मागेको हो । लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । समीतिले धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङको […]
पूरा पढ्नुहोस्
प्रचण्ड,ओली र देउवाको शैली मनपर्ने रविलाई मेरो शैली मन पर्दैनः मुकुल ढकाल
काठमाडौं,असार २६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाएका छन् । उनले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम रवि लामिछानेबाट भएको बताए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने, […]
पूरा पढ्नुहोस्
आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौं : आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइसीएफसीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई प्राइभेट प्लेसमेन्ट हुने छ । कम्पनीले […]
पूरा पढ्नुहोस्
एसिया प्रशान्त क्षेत्रको सेयर बजारमा सुधार, जापानमा नयाँ अल टाइमा हाई रेकर्ड
काठमाडौं : एसिया प्रशान्त क्षेत्रका सेयर बजार सूचकहरुमा मंगलबार वृद्धि भएको छ । सोमबार अमेरिकी सेयर बजार रेकर्ड विन्दुमा पुगेपछि मंगलबार एसियाली बजारमा पनि सकारात्मक प्रभाव परेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको सेयर बजार सूचकहरु निक्के २२५ र टोक्यो स्टक प्राइस इन्डेक्स (टपिक्स) ले मंगलबार अल टाइम हाई रेकर्ड बनाएका छन् । इन्ट्रा […]
पूरा पढ्नुहोस्
सेयर बजारले फेरि समायो अग्रगामी बाटो, यसपटक नेप्सेले मसान्तको दबाबलाई चिर्नै खोजेको हो त ?
काठमाडौं : एक दिनको सामान्य करेक्सनपछि नेप्सेमा पुनः सुधार भएको छ । मंगलबार नेप्से सूचकका साथमा कारोबार रकम पनि बढेको हो । यस दिन नेप्से सूचक १५.७९ विन्दुले बढेर २१५२.१४ अंकमा आएको छ । ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण
चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]
पूरा पढ्नुहोस्




