वाग्मती
डा गोविन्द केसीले तोडे अनशन
काठमाडौँ। डा गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्। डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिउँसोदेखि सत्याग्रह सुरु गरेका थिए ।चिकित्सा […]
पूरा पढ्नुहोस्
आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक
चितवन,भदौ १७- मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख […]
पूरा पढ्नुहोस्
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
काठमाडौँ, भदौ १७ – कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिक रहित
चितवन, भदौ १६- पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताउनुभयो । आफूले अतिरिक्त समयमा परामर्श […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरले दियो ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम
भरतपुर,भदौ १५- चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो । जसमध्ये पुरुष २ हजार ५ सय ९१ र महिला ४ हजार ६ सय ५० जना […]
पूरा पढ्नुहोस्
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए । कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले […]
पूरा पढ्नुहोस्
नख्खुमा स्टन्ट गर्न पाउने छैनन् रविले
रास्वपा सभापति रवि लामिछानेको ‘मिडिया स्टन्ट’ प्रवृतिले पछिल्लो समय सुरक्षा संयन्त्रलाई हैरान बनाएको छ । उनको चतुर्याइँ देखेर विभिन्न कारगार प्रशासनका कर्मचारी र सुरक्षाकर्मी तर्सिन थालेका छन् । लामिछानेकै कारण कति बेला कुन विवादमा परेर कारवाही भोग्नुपर्ने हो । कर्मचारीमा तनाव सिर्जना भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान हुँदै गर्दा गत वर्ष पुस […]
पूरा पढ्नुहोस्
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
डुम्रे (तनहुँ), साउन २६- यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । इलामको रोेङ गाउँँपालिकाको अध्ययन […]
पूरा पढ्नुहोस्
ओली–मोदी भेट बोधगयामा तय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। परम्परागत रूपमा हैदराबाद हाउसमा हुने बैठक यसपटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयामा हुन लागेको हो। प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। भ्रमणका लागि भारतीय विदेश […]
पूरा पढ्नुहोस्
दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक कित्ता गरी ११ कित्ता आइपीओ प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो […]
पूरा पढ्नुहोस्




