वाग्मती
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ। पछिल्लो समय विकसित राजनीतिक तथा प्रशासनिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने र त्यससँग सम्बन्धित केही निर्णयसमेत […]
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा र बिक्री वितरण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा.मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारी, कम्पनीका सञ्चालक तथा बिचौलियाहरूलाई प्रतिवादी बनाउँदै कुल ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो, […]
पूरा पढ्नुहोस्
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको […]
पूरा पढ्नुहोस्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
काठमाडौँ, कात्तिक १३ गते । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड […]
पूरा पढ्नुहोस्
पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ,कात्तिक १३- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
भरतपुरमा निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने सर्वदलीय बैठकको निर्णय
चितवन, कात्तिक १२- निजी विद्यालयहरूले गरेको ३० प्रतिशत शुल्क वृद्धिको विषयलाई लिएर भरतपुर महानगरपालिकाभित्र क्रियाशील राष्ट्रिय राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति बुद्दिकान्त न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने सर्वसम्मत निर्णय गरेको छ। बैठकले अभिभावक तथा विद्यार्थीमाथि थप आर्थिक भार पर्ने […]
पूरा पढ्नुहोस्
आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा
काठमाडौं,कात्तिक १२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषि करार गर्न नमिल्ने बताउनुभएको छ । सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजक समेत रहनुभएका उहाँले उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले उपसमितिले पोशाक खरिद प्रक्रियाको गहिरो अध्ययन गरी आवश्यक सुझाव मात्रै […]
पूरा पढ्नुहोस्
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा
काठमाडौं,कात्तिक १२ – दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था […]
पूरा पढ्नुहोस्
डा गोविन्द केसीले तोडे अनशन
काठमाडौँ। डा गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेडा अस्पतालमा अनशनरत केसीले आज अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन्। डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिउँसोदेखि सत्याग्रह सुरु गरेका थिए ।चिकित्सा […]
पूरा पढ्नुहोस्
आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक
चितवन,भदौ १७- मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख […]
पूरा पढ्नुहोस्





