राजनीति

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

चितवन,भदौ १७- मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख […]

पूरा पढ्नुहोस्

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता

काठमाडौँ, भदौ १७ – कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला […]

पूरा पढ्नुहोस्

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखा,भदौ १७- काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले  जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको […]

पूरा पढ्नुहोस्

नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिक रहित

चितवन, भदौ १६- पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताउनुभयो । आफूले अतिरिक्त समयमा परामर्श […]

पूरा पढ्नुहोस्

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे (तनहुँ), साउन २६- यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । इलामको रोेङ गाउँँपालिकाको अध्ययन […]

पूरा पढ्नुहोस्

नारायणगढ जेसीजद्धारा नाफल–४.० तालिम सुरु

चितवन, साउन ३०– युवाहरुको सामाजिक संस्था नारायणगढ जेसीजले चौथो संस्करणको नाफल–४.० (नारायणगढ एकेडमी फर एचिभर्स एण्ड लिडर्स)को तालिम सुरू गरेको छ । बिहीबार भरतपुर–२९ भतेरीमा सुरु भएको तालिमको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले समुद्घाटन गरे । सो क्रममा बोल्दै उनले जेसीजले युवावर्गलाई देशमै केही गर्नुपर्छ भन्दै उद्यमतर्फ आकर्षण गर्ने किसिमको कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्त […]

पूरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व संकलन

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट रु. ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व संकलन गरेको छ । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तीन गुणा बढी राजस्व संकलन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण झरालीका प्रमुख सशस्त्र […]

पूरा पढ्नुहोस्

चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

नवलपुर,साउन १८- निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको म्याद फेरि एक वर्ष थप भएको छ । आयोजनाले दिएको जानकारीअनुसार २०८३ साउन ७ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको हो । अर्थात्, २३ जुलाई २०२६ मा आयोजनाको काम सकिने भएको छ । यही साउन ८ गते आयोजनको म्याद सकिएको थियो । अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको […]

पूरा पढ्नुहोस्

बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफ- आन्तरिक विषय आफैं मिलाउँछौं

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता समीकरणको विवादबारे चासो राखेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो । एमालेको चासोमा कांग्रेसले भने आफूहरूको आन्तरिक विषय आफैं मिलाउने जवाफ दिएको छ । बैठकमा […]

पूरा पढ्नुहोस्

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौँ : पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न […]

पूरा पढ्नुहोस्