राजनीति

सुनको मुल्यमा गिरावट

आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ […]

पूरा पढ्नुहोस्

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रहरीको नियन्त्रणमा

काठमाडौँ। सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पूरा पढ्नुहोस्

BREAKING : प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने […]

पूरा पढ्नुहोस्

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !

चितवन :  नियम सानालाई कि ठुलालाई ! आम सर्वसाधारणको प्रश्न हुने गर्दछ ? सबैलाई समान ! तर चितवनको भरतपुरमा भने जलप नेपालको मनपरीतन्त्रले सार्वसाधारण आजित मात्र भएका छैनन्् । वन वन्यजन्तु नै प्रभावित बनेका छन् । अवैध मापदण्ड विपरित र सार्वजनिक जग्गा अतिक्रमण गरि फलामको काम गर्ने जलप नेपाल प्रालि नामक उद्योगका कारण यहाँ स्थानीय […]

पूरा पढ्नुहोस्

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

२७ असार, काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

पूरा पढ्नुहोस्

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका […]

पूरा पढ्नुहोस्

सम्मानित श्रम र सुरक्षित आप्रवासनमा मन्त्री भण्डारीको जोड

पाटन (ललितपुर),असार १२- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विभिन्न मुलुकमा काम गर्ने हाम्रा श्रमिकको सम्मान हुनुपर्छ भन्नुभएको छ । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) द्वारा आज यहाँ आयोजित ‘हामी एप सार्वजनिक एवं आप्रवासन सम्मेलन’को शुभारम्भ गर्दै उहाँले हाम्रो श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको छ जनाउँदै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई […]

पूरा पढ्नुहोस्

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद […]

पूरा पढ्नुहोस्

इरानमा प्रयोग गरिएको बंकर-बस्टर बम के हो ?

काठमाडौँ । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘ बंकर-बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछुतो रहेको फोर्डोलाई क्षति पुर्‍याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा […]

पूरा पढ्नुहोस्

रास्वपाले विपिन आचार्यलाई बनायो प्रशिक्षण विभाग प्रमुख

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत गरेको छ । अनिल केशरी शाहले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रास्वपाको शनिवारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई […]

पूरा पढ्नुहोस्