राजनीति

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र

१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी […]

पूरा पढ्नुहोस्

जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

९ साउन, काठमाडौं । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ, साउन ८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ […]

पूरा पढ्नुहोस्

६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय

डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय […]

पूरा पढ्नुहोस्

वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु […]

पूरा पढ्नुहोस्

भारतले घटायो सुनचाँदीको भन्सार शुल्क

काठमाडौँ । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन […]

पूरा पढ्नुहोस्

संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न डा. शेखरको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के(के कुरामा सुधार गर्ने भन्नेबारेमा भने […]

पूरा पढ्नुहोस्

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ […]

पूरा पढ्नुहोस्

५६ विद्यार्थी बंगलादेशको ढाकाबाट जहाजमा काठमाडौँ आइपुगे

काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको बताइएको छ ।

पूरा पढ्नुहोस्

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए । उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, […]

पूरा पढ्नुहोस्