राजनीति

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, […]

पूरा पढ्नुहोस्

सिमलताल घटना : दुवै बसमा चलान गरिएका भन्दा १५ यात्रु बढी, ५८ जना अझै बेपत्ता

३० असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । […]

पूरा पढ्नुहोस्

नारायणगढ-मुग्लिन सडकखण्डमा ढुंगाले लागेर बस चालकको मृत्यु

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । ढुंगा लागेर गम्भीर घाइते भएका चालक […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि नेपाली […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् […]

पूरा पढ्नुहोस्

रिलायन्स स्पिनिङको बुक बिल्डिङ आइपीओबारे धितोपत्र बोर्डलाई लेखा समितिले सोध्यो स्पष्टीकरण

काठमाडौं : रिलायन्स स्पिनिङको आइपीओबारे नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको हो । समीतिले धितोपत्र बोर्डसँग ५ प्रश्नको जवाफ मागेको हो । लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । समीतिले धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङको […]

पूरा पढ्नुहोस्

टेस्लाको नक्कल गर्ने हुँदा थाइल्यान्डको एक कम्पनी बन्यो एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने सेयर, संस्थापक नै अर्बपतिको सूचीबाट बाहिरिए

काठमाडौं : आफूले स्थापना गरेको कम्पनी एसियाकै सबैभन्दा खराब प्रदर्शन गर्ने स्टक बनेपछि थाइल्यान्डका सोमफोटे आहुनाई अर्बपतिको सूचीबाट बाहिरिएका छन् । थाइल्याण्डको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक इनर्जी एब्सोल्युट पीसीएलका संस्थापक अहुनाईको सम्पति २ वर्षअघि ४.६ अर्ब अमेरिकी डलर रहेको थियो । तर आफ्नो कम्पनीलाई टेस्ला जस्तै यातायात विशेषज्ञमा विविधीकरण गर्ने प्रयासहरुको श्रृंखलापछि अहुनाई अब […]

पूरा पढ्नुहोस्

न्ततः रोकियो रिलायन्स स्पिनिङको बुक बिल्डिङ आइपीओ

नेपाली पैसा काठमाडौं : नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोकेको छ । नेपाल धितोपत्र बोर्डको नियमन विभाग बैंठकले तत्कालको लागि आइपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो । ‘बिहान बसेको विभागिय बैंठकले तत्कालको लागि आइपीओ निष्कासन गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको छ’ धितोपत्र बोर्ड स्रोतले भन्यो ‘यस बारे भएको निर्णय भने सार्वजनिक भइसकेको छैन ।’ बुक बिल्डिङ बिधिबाट […]

पूरा पढ्नुहोस्

सेयर बजार नयाँ उचाईतिर लम्किन खोजेको हो ?

नेपाली पैसा काठमाडौं : सेयर बजारमा सुधारको गतिले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २३.२५ विन्दुले बढेर २१७५.४० अंकमा आएको छ । ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । […]

पूरा पढ्नुहोस्

आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं : आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइसीएफसीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई प्राइभेट प्लेसमेन्ट हुने छ । कम्पनीले […]

पूरा पढ्नुहोस्