July 16th, 2024
काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ४६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा खरिद दर १७३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २४पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।









प्रतिकृया दिनुहोस्