July 14th, 2024
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार खुलेदेखि नै नेप्सेमा रौनकता कायम भइरहेको छ । विशेषगरी कारोबार रकममा तीब्र वृद्धि भइरहेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै बजारमा उत्साह थपिएको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता, घट्दो ब्याजदरका कारण अघि बढ्न तयारी अवस्थामा रहेको बजारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्दा थप उत्साह थपिएको अनुमान गरिएको छ ।
विष्णु पौडेल अर्थमन्त्री हुने आशयका खबरहरु आएकाले पनि लगानीकर्ता थप उत्साहित भएको अनुमान गरिएको छ । पौडेल सेयर बजारले रुचाएका व्यक्ति हुन् । यस्तै, केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच समन्वय थप प्रभावकारी हुने आम लगानीकर्ताको बुझाई रहेको छ । यसले पनि सकारात्मक माहोल ल्याउन सहयोग गरेको अनुमान गरिएको छ ।
आइतबार यो समाचार तयार पार्दासम्म (१२ः५० बजे) नेप्से सूचक ४७ अंकभन्दा बढीले बढेको छ । सूचक २२५२ विन्दुमा आइसकेको छ । झन्डै ४ अर्ब रुपैयाँको सेयर कारोबार छ ।









प्रतिकृया दिनुहोस्