समाचार
माधव नेपालको आक्रोश : के सानो पार्टी, वैद्य र विप्लवको भन्दा सानो छ ?
१० भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् । आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द […]
पूरा पढ्नुहोस्
बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तार बाटो
९ भदौ, काठमाडौं । पछिल्लो दुई वर्षयता प्राथमिक पूँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तार गर्न केही सहज हुने देखिएको छ । बैंकहरूले गत आव प्राथमिक पूँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्नेमा केहीको त्यसभन्दा पनि कम थियो भने केहीको सीमा हाराहारी थियो । गत आवसम्म प्राथमिक पूँजीकोषको समस्याकै कारण […]
पूरा पढ्नुहोस्
‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’
काठमाडौँ, भदौ ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा […]
पूरा पढ्नुहोस्
सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड
६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको हो । पोखराको सूर्यदर्शन बचत […]
पूरा पढ्नुहोस्
३०१८ अंकसम्म पुगेर फर्कियो सेयर बजार
६ भदौ, काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ : ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । कारोबार रकममा सामान्य वृद्धि भएको छ […]
पूरा पढ्नुहोस्
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज […]
पूरा पढ्नुहोस्
किन घट्यो नेपाल टेलिकमको नाफा ?
काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको रहेको छ । उक्त रकम गत आर्थिक वर्षको कूल आय ४४ अर्व ४२ करोड […]
पूरा पढ्नुहोस्
कालिञ्चोक दर्शनको नाफा ७.७ प्रतिशत बढ्यो
३१ साउन, काठमाडौं । कालिञ्चोक दर्शनको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा २ करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो । सञ्चालन आम्दानी २२ […]
पूरा पढ्नुहोस्
विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ
२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर आर्थिक सुधारको लाभ असमान छ । खासगरी एसिया प्रशान्त […]
पूरा पढ्नुहोस्
नेप्सेको बजार पुँजीकरण हालसम्मकै उच्च
काठमाडौं : नेपाल स्टक एक्सचेन्जे (नेप्से)को बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।आइतबार (साउन २७) नेप्से सूचक ९४ अंकले बढेसँगै बजार पुँजीकरणमा पनि रेकर्ड कायम भएको हो । यसअघि २०७८ भदौमा मार्केट क्यापिटलाइजेसन ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो । आइतबार सेयर कारोबार रकम पनि हालसम्मकै उच्च रहेको छ […]
पूरा पढ्नुहोस्





