August 11th, 2024
काठमाडौं : नेपाल स्टक एक्सचेन्जे (नेप्से)को बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।आइतबार (साउन २७) नेप्से सूचक ९४ अंकले बढेसँगै बजार पुँजीकरणमा पनि रेकर्ड कायम भएको हो । यसअघि २०७८ भदौमा मार्केट क्यापिटलाइजेसन ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो । आइतबार सेयर कारोबार रकम पनि हालसम्मकै उच्च रहेको छ । आज २५ अर्ब ७७ करोडको धितोपत्र कारोबार भएको छ ।









प्रतिकृया दिनुहोस्