समाचार
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन, अब कुन योजना कति ?
काठमाडौंं : कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आज साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिए । उनका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर ५.५ प्रतिशत कायम भएको छ भने […]
पूरा पढ्नुहोस्
नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
काठमाडौं : नागरिक लगानी कोषको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ४६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ६२ पैसा रहेको छ […]
पूरा पढ्नुहोस्
साउनमा पनि घट्यो ब्याजदर
३१ असार, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल – उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार […]
पूरा पढ्नुहोस्
सेयर बजारमा बढ्यो रौनकता, कारोबार रकमले बजारलाई सपोर्ट गर्दै
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार खुलेदेखि नै नेप्सेमा रौनकता कायम भइरहेको छ । विशेषगरी कारोबार रकममा तीब्र वृद्धि भइरहेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै बजारमा उत्साह थपिएको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता, घट्दो ब्याजदरका कारण अघि बढ्न तयारी अवस्थामा रहेको बजारमा नयाँ सरकार गठन प्रक्रिया […]
पूरा पढ्नुहोस्
कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ३० गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु […]
पूरा पढ्नुहोस्
स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, […]
पूरा पढ्नुहोस्
सिमलताल घटना : दुवै बसमा चलान गरिएका भन्दा १५ यात्रु बढी, ५८ जना अझै बेपत्ता
३० असार, चितवन । नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । […]
पूरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्डमा ढुंगाले लागेर बस चालकको मृत्यु
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । ढुंगा लागेर गम्भीर घाइते भएका चालक […]
पूरा पढ्नुहोस्




