हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गर्न लागेको हो।
हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकाले असार १९ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरमा शेयरधनीहरुले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन।
हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेको छ। भने, हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्न जानेछ।









प्रतिकृया दिनुहोस्