समाचार
न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रवि लामिछाने राजीनामा दिन बाध्य हुन्छन् : मुकुल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रंतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र […]
पूरा पढ्नुहोस्
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । यसैबीच शुक्रबार चाँदीको […]
पूरा पढ्नुहोस्
१११ अंक घट्यो सेयर बजार
११ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । […]
पूरा पढ्नुहोस्
बेपत्तालाई सहिदको दर्जा दिने प्रचण्डको आश्वासन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आएको थाहा पाएपछि बेपत्ता तथा सहिद परिवार उनलाई भेट्न लेकसाइड पुगे। लेकसाइडको बरपिपल रिसोर्टमा माओवादीको प्रशिक्षण भेला समापन हुँदै थियो। उनीहरू रिसोर्ट बाहिर बसेर प्रचण्डलाई भेट्न पाउनुपर्ने माग राखे। उनीहरूको माग पूरा भयो। सहिद तथा बेपत्ता परिवारले प्रचण्ड भेट्न पाए। प्रचण्डलाई भेट्न छिरेका एक जना सहिद परिवारले आफूमात्र बनेर […]
पूरा पढ्नुहोस्
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, ब्याजदर कति ?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको […]
पूरा पढ्नुहोस्
सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्यो
९ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका […]
पूरा पढ्नुहोस्
माधव नेपालको आक्रोश : के सानो पार्टी, वैद्य र विप्लवको भन्दा सानो छ ?
१० भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् । आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द […]
पूरा पढ्नुहोस्
बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तार बाटो
९ भदौ, काठमाडौं । पछिल्लो दुई वर्षयता प्राथमिक पूँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तार गर्न केही सहज हुने देखिएको छ । बैंकहरूले गत आव प्राथमिक पूँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्नेमा केहीको त्यसभन्दा पनि कम थियो भने केहीको सीमा हाराहारी थियो । गत आवसम्म प्राथमिक पूँजीकोषको समस्याकै कारण […]
पूरा पढ्नुहोस्
‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’
काठमाडौँ, भदौ ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा […]
पूरा पढ्नुहोस्
सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड
६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको हो । पोखराको सूर्यदर्शन बचत […]
पूरा पढ्नुहोस्




