समाचार
चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
चितवन । गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा […]
पूरा पढ्नुहोस्
चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’ को तयारी अन्तिम चरणमा
चितवन, असोज १४- चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपालीहरुको महान पर्व […]
पूरा पढ्नुहोस्
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए । […]
पूरा पढ्नुहोस्
धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता […]
पूरा पढ्नुहोस्
४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो
९ असोज, काठमाडौं । बुधबार सेयर बजार को परिसूचक नेप्से ४९. १८अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । कारोबार सुरु हुँदा बजार ओरालो लागेको थियो । […]
पूरा पढ्नुहोस्
११ अंक बढ्यो नेप्से, कारोबार रकम भने रू. ५ अर्ब ९ करोडमा झर्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ११ दशमलव ५८ अंक बढेको छ । नेप्से २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको हो । लगातार तीन कारोबार दिन घटेपछि आज आइतवार बढेर बन्द भएको छ । आज उच्च बजार उच्च विन्दु २ हजार ६४३ दशमलव ५१ विन्दुसम्म पुगेको थियो । कारोबार रकम पनि […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
पूरा पढ्नुहोस्
पार्टी महामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था राख्न रवि लामिछानेको जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेदेखि बेलुकी १० बजेसम्म बस्यो। शनिबारको बैठकमा विधान संशोधन कार्यादलको प्रस्ताव र राष्ट्रिय भेलामा पेस गर्ने दस्तावेजलाई अन्तिम रूप दिने एजेन्डा थियो। त्यसमध्ये विधान संशोधन पेचिलो बनेपछि बैठक सोमबार बिहानसम्म स्थगित गरिएको थियो। गत साउन १० गते बसेको केन्द्रीय समितिले विधानमा आवश्यक परिमार्जन र संशोधन गर्न […]
पूरा पढ्नुहोस्
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौँ-भरतपुर उडान गर्ने
काठमाडौँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सको ७२ सिटे एटिआर विमान भरतपुर लैजाने तयारी गरिएको हो । गत असार ६ गते श्रीले काठमाडौँ-भरतपुर परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल […]
पूरा पढ्नुहोस्
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्




