Author: Mero share

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

३१ असार, काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । […]

पूरा पढ्नुहोस्

सेयर बजारका सबै सूचक बढे, नेप्से २७६० अंकमा

३१ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को […]

पूरा पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा एकीकृत जवाफदेहिता प्रणाली लागू

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न एकीकृत जवाफदेहिता म्याट्रिक्स (Accountability Framework), २०८२ लागू गरिएको छ। अध्यागमन विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक गरेको यो प्रणालीले अध्यागमन कर्मचारीहरूको कर्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ। यसमार्फत त्रुटिपूर्ण, लापरवाही वा कानुनविपरीत हुने कार्यहरूलाई नियन्त्रणमा ल्याउने लक्ष्य […]

पूरा पढ्नुहोस्

जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड

काठमाडौं।  संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई […]

पूरा पढ्नुहोस्

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !

चितवन :  नियम सानालाई कि ठुलालाई ! आम सर्वसाधारणको प्रश्न हुने गर्दछ ? सबैलाई समान ! तर चितवनको भरतपुरमा भने जलप नेपालको मनपरीतन्त्रले सार्वसाधारण आजित मात्र भएका छैनन्् । वन वन्यजन्तु नै प्रभावित बनेका छन् । अवैध मापदण्ड विपरित र सार्वजनिक जग्गा अतिक्रमण गरि फलामको काम गर्ने जलप नेपाल प्रालि नामक उद्योगका कारण यहाँ स्थानीय […]

पूरा पढ्नुहोस्

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

२७ असार, काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा […]

पूरा पढ्नुहोस्

‘भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा’

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्। पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले […]

पूरा पढ्नुहोस्

कांग्रेस र एमाले फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्यः सभापति देउवा

चितवन, असार १३– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताउनुभयो । उहाँले कांग्रेसले आग्रह गरेपछि नै सरकारले […]

पूरा पढ्नुहोस्

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका […]

पूरा पढ्नुहोस्