वाग्मती

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, सूर्योदय वोमीको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ […]

पूरा पढ्नुहोस्

एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज

साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।   एसईईमा उत्कृष्ट नतिजा ल्याउने […]

पूरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागीरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न […]

पूरा पढ्नुहोस्

एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से, किन यति बलियो बन्दैछ सेयर बजार ?

काठमाडौं : एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२.०२ विन्दुले बढेर २५६८.११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा […]

पूरा पढ्नुहोस्

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र

१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ, साउन ८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ […]

पूरा पढ्नुहोस्

संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न डा. शेखरको सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के(के कुरामा सुधार गर्ने भन्नेबारेमा भने […]

पूरा पढ्नुहोस्

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ […]

पूरा पढ्नुहोस्

५६ विद्यार्थी बंगलादेशको ढाकाबाट जहाजमा काठमाडौँ आइपुगे

काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको बताइएको छ ।

पूरा पढ्नुहोस्

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए । उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, […]

पूरा पढ्नुहोस्