वाग्मती

मुस्ताङबाट ८ हजार भेडा–च्यांग्रा निकासी

पोखरा– हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ८ हजार भेडा–च्यांग्रा निकासी भएका छन् । दशैंको अवसरमा बिक्रीको लागि मुस्ताङबाट आइतबारसम्म करिब ८ हजार भेडा–च्यांग्रा निकासी भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले असोज ८ देखि मुस्ताङबाट भेडा–च्यांग्राको स्वास्थ्य परीक्षणको कार्य सुरु भए पनि अझै केही दिनसम्म उक्त कार्य जारी रहने उनले […]

पूरा पढ्नुहोस्

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु

चितवन । गत साउनयता जिल्लामा  दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा […]

पूरा पढ्नुहोस्

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता […]

पूरा पढ्नुहोस्

पार्टी महामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था राख्न रवि लामिछानेको जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेदेखि बेलुकी १० बजेसम्म बस्यो। शनिबारको बैठकमा विधान संशोधन कार्यादलको प्रस्ताव र राष्ट्रिय भेलामा पेस गर्ने दस्तावेजलाई अन्तिम रूप दिने एजेन्डा थियो। त्यसमध्ये विधान संशोधन पेचिलो बनेपछि बैठक सोमबार बिहानसम्म स्थगित गरिएको थियो। गत साउन १० गते बसेको केन्द्रीय समितिले विधानमा आवश्यक परिमार्जन र संशोधन गर्न […]

पूरा पढ्नुहोस्

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । यसैबीच शुक्रबार चाँदीको […]

पूरा पढ्नुहोस्

१११ अंक घट्यो सेयर बजार

११ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । […]

पूरा पढ्नुहोस्

माधव नेपालको आक्रोश : के सानो पार्टी, वैद्य र विप्लवको भन्दा सानो छ ?

१० भदौ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरेका छन् । आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द […]

पूरा पढ्नुहोस्

बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तार बाटो

९ भदौ, काठमाडौं । पछिल्लो दुई वर्षयता प्राथमिक पूँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तार गर्न केही सहज हुने देखिएको छ । बैंकहरूले गत आव प्राथमिक पूँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्नेमा केहीको त्यसभन्दा पनि कम थियो भने केहीको सीमा हाराहारी थियो । गत आवसम्म प्राथमिक पूँजीकोषको समस्याकै कारण […]

पूरा पढ्नुहोस्

‘बिउ उत्पादनका लागि नेपाल उत्कृष्ट गन्तव्य’

काठमाडौँ, भदौ ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको संवर्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा […]

पूरा पढ्नुहोस्

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड

६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको हो । पोखराको सूर्यदर्शन बचत […]

पूरा पढ्नुहोस्