समाचार

मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत,अविश्वासको पक्षमा २२ मत

काठमाडौं,साउन १३- नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाइएको छ । पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र विपक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् । मंगलबार ९साउन १३० मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको […]

पूरा पढ्नुहोस्

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो। यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार […]

पूरा पढ्नुहोस्

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौँ : पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न […]

पूरा पढ्नुहोस्

२९६२ अंकमा झर्‍यो सेयर बजार, दुई समूह ३ प्रतिशत बढे

१२ साउन, काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो । सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि […]

पूरा पढ्नुहोस्

एक सय कामदार नपठाउने ३२६ म्यानपावरको इजाजतपत्र खारेज

काठमाडौं । एक सय कामदार नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागले असार मसान्तसम्म १ सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनीलाई स्वतः खारेज हुने जनाएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कानुनी प्रावधानअनुसार एक सय कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी स्वतः खारेज हुने बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

विद्युत आपूर्ति समस्या बुझ्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा

१२ साउन, चितवन । चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् । शाक्यको सचिवालयका […]

पूरा पढ्नुहोस्

लिफ्टले तानेको पानी पर्याप्त नभएपछि चितवनका किसान खडेरीको चपेटमा

नारायणगढ (चितवन), साउन ८  – साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला […]

पूरा पढ्नुहोस्

थाइल्याण्ड-कम्बोडिया तनावः १२ जना मारिएको थाइल्याण्डको दाबी

काठमाडौं,साउन ८- कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् । बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सघाउने

५ साउन, काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पौडेलको सचिवालयले पठाएको प्रेस […]

पूरा पढ्नुहोस्

पोखरामा कोरोना पोजेटिभ देखिएकी वृद्धाको मृत्यु

पोखरा । पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘कोरोनाबाट मात्रै हो कि अरूबाट पनि हो बुझ्दै छौँ । कोरोना पोजेटिभ देखिएकी महिलाको हिजो मृत्यु भएको छ,’ उनले भने […]

पूरा पढ्नुहोस्