Author: Mero share
११ अंक बढ्यो नेप्से, कारोबार रकम भने रू. ५ अर्ब ९ करोडमा झर्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ११ दशमलव ५८ अंक बढेको छ । नेप्से २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको हो । लगातार तीन कारोबार दिन घटेपछि आज आइतवार बढेर बन्द भएको छ । आज उच्च बजार उच्च विन्दु २ हजार ६४३ दशमलव ५१ विन्दुसम्म पुगेको थियो । कारोबार रकम पनि […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
पूरा पढ्नुहोस्
पार्टी महामन्त्री सभापतिले मनोनीत गर्ने व्यवस्था राख्न रवि लामिछानेको जोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेदेखि बेलुकी १० बजेसम्म बस्यो। शनिबारको बैठकमा विधान संशोधन कार्यादलको प्रस्ताव र राष्ट्रिय भेलामा पेस गर्ने दस्तावेजलाई अन्तिम रूप दिने एजेन्डा थियो। त्यसमध्ये विधान संशोधन पेचिलो बनेपछि बैठक सोमबार बिहानसम्म स्थगित गरिएको थियो। गत साउन १० गते बसेको केन्द्रीय समितिले विधानमा आवश्यक परिमार्जन र संशोधन गर्न […]
पूरा पढ्नुहोस्
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौँ-भरतपुर उडान गर्ने
काठमाडौँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सको ७२ सिटे एटिआर विमान भरतपुर लैजाने तयारी गरिएको हो । गत असार ६ गते श्रीले काठमाडौँ-भरतपुर परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल […]
पूरा पढ्नुहोस्
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघको चुनाव- उम्मेदवारको मनोनयन दर्ता असोज ४ देखि सुरू
नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुँदैछ। जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन हुनेछ। त्यसका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ। मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ। शुद्धीकरण गर्ने अभियान चलाएको महासंघले पुरानै सूची सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० […]
पूरा पढ्नुहोस्
भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा
२६ भदौ, काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको […]
पूरा पढ्नुहोस्
२६१० विन्दुमा झर्यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित
नेप्से बुधबार सहित लगातार छैठौ दिन पनि घटेको छ। गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो। आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन छ अर्ब ८५ करोडको कारोबार भएको छ। अघिल्लो […]
पूरा पढ्नुहोस्
गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । २४ भदौमा […]
पूरा पढ्नुहोस्
१६ वर्ष उडाएर बुद्ध एयरले बिदाइ गर्यो ‘एटिआर ४२’
बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२ नाइन एन–एआइन’ जहाज बिदाइ गरेको छ। यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो। (एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ) सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो। नेपाली आकाशमा उडान सुरू गरेको १६ […]
पूरा पढ्नुहोस्





