July 29th, 2024
काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, सूर्योदय वोमीको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली हुनेछ ।
यस लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।









प्रतिकृया दिनुहोस्