August 3rd, 2025
रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार, कम्पनीको हकप्रद शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनीको रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। यस योजना अनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ७० लाख कित्ता शेयर जारी गर्दैछ, जसको कुल मूल्य ७० करोड रुपैयाँ बराबर हुनेछ।
शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटलमार्फत तथा अन्य स्वीकृत माध्यमहरू प्रयोग गरी आवेदन दिन सक्नेछन्









प्रतिकृया दिनुहोस्