८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे ।
‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई विनाशतिर लाने कुरा कदापि स्वीकार्य छैन । यसलाई करेक्सन गर्न सभामुखबाट रुलिङ होस्’, सांसद साहले भने ।
प्रधानमन्त्रीले राम कहाँ जन्मेको जस्ता विषय बोलेको भनेर सांसद साहले आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीराम रामजी नेपालमा जन्मेको कुरा पटक पटक भनिराख्नु भएको छ उहाँ भन्नुहुन्छ राम चितवनमा जन्मेका छन्, चतरा विश्वामित्रका आश्रमस्थल हुन् म सोध्न चाहन्छु– नेपाल को भूभागका असली वारिस आदिवासी जनजाति हो कि क्षेत्री बाहुन हो ?’









प्रतिकृया दिनुहोस्