ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लगानीकर्ताका लागि कम्पनीले ३२ लाख ९६ हजार ५०५ कित्ता आइपीओ निष्कासन खुल्ला गरेको हो।
कम्पनीको आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आइपीओमा सर्वसाधारण लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीको आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।









प्रतिकृया दिनुहोस्