नेपाली पैसा
काठमाडौं : नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोकेको छ । नेपाल धितोपत्र बोर्डको नियमन विभाग बैंठकले तत्कालको लागि आइपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हो । ‘बिहान बसेको विभागिय बैंठकले तत्कालको लागि आइपीओ निष्कासन गर्ने प्रक्रिया रोक्ने निर्णय गरेको छ’ धितोपत्र बोर्ड स्रोतले भन्यो ‘यस बारे भएको निर्णय भने सार्वजनिक भइसकेको छैन ।’
बुक बिल्डिङ बिधिबाट आइपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको बारे नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेसँगै यसलाई केही समयको लागि स्थगन गर्ने तयारी बोर्डको रहेको छ ।
लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको हो । समीतिले धितोपत्र बोर्डसँग ५ प्रश्नको जवाफ मागेको हो । लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।
कम्पनीले पहिलो चरणमा भोली असार २७ गते बिहीबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सेयर जारी गर्ने तयारी गरेको थियो । उक्त आइपीओ तत्काललाई रोक्ने निर्णय धितोपत्र बोर्डले गरेको हो ।









प्रतिकृया दिनुहोस्