July 9th, 2024
काठमाडौं : नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले मंगलबार एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ ।
यसकारण सो समयमा सेवा प्रभावित हुने कम्पनीले जनाएको छ । उक्त अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथ क्वेरी सेवाहरु केही समयका लागि प्रभावित हुन सक्ने हुँदा सो समयभन्दा अगाडि नै आवश्यक ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न अनुरोध छ, कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।
उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभी आदि सेवाहरु भने यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ ।









प्रतिकृया दिनुहोस्