वाग्मती

‘भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा’

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्। पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले […]

पूरा पढ्नुहोस्

कांग्रेस र एमाले फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्यः सभापति देउवा

चितवन, असार १३– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस र एमाले दुई फरक पार्टी भएकाले कुनै निर्णयमा सामान्य असमझदारी हुँदा ठूलो विषयको लिन नहुने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको बताउनुभयो । उहाँले कांग्रेसले आग्रह गरेपछि नै सरकारले […]

पूरा पढ्नुहोस्

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो

काठमाडौँ, असार ८- यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई […]

पूरा पढ्नुहोस्

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी

काठमाडौँ, असार ११- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ)दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उहाँले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको […]

पूरा पढ्नुहोस्

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

मुस्ताङ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउ खेती सुरु गरेका छन् । जलवायु परिवर्तनको असरले समुद्री सतहको करिब तीन हजार मिटरसम्मको उचाइमा गरिएको स्याउ खेती अहिले उपल्लो मुस्ताङको समुद्री सतहको […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरको आगामी आवको बजेट पाँच अर्ब १९ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर […]

पूरा पढ्नुहोस्

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

चितवन । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद […]

पूरा पढ्नुहोस्

इरानमा प्रयोग गरिएको बंकर-बस्टर बम के हो ?

काठमाडौँ । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘ बंकर-बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछुतो रहेको फोर्डोलाई क्षति पुर्‍याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा […]

पूरा पढ्नुहोस्

रास्वपाले विपिन आचार्यलाई बनायो प्रशिक्षण विभाग प्रमुख

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत गरेको छ । अनिल केशरी शाहले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रास्वपाको शनिवारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई […]

पूरा पढ्नुहोस्